धरानमा ५ दिनसम्म बजाजको महा एक्सचेन्ज मेला लाग्ने

 

बैशाख ३, धरान । बजाज कम्पनीको आधिकारीक बिक्रेता अर्बिन एण्ड ब्रदर अटो धरानले पहिलो पटक धरानमा ५ दिने बजाज महा उत्सव महा एक्सचेन्ज मेला गर्न लागेको छ । 

बैशाख ८ गते आईतबारदेखि पाँच दिनसम्म धरान सभागृह परिसरमा महा एक्सचेन्ज मेलाको आयोजना गर्न लागिएको आज (मंगलबार) पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । 

null

मेलाका अवसरमा बजाज कम्पनीका नयाँ मोटरसाइकलको टेस्ट ड्राइभ, जुनसुकै कम्पनीको मोटरसाइकलसँग बजाज कम्पनीको मोटरसाइकल साटफेर गरिने अटोका प्रोप्राईटर अर्बिन तामाङले जानकारी दिए । 

नेपालीहरुको नयाँ वर्षलाई लक्षित गरेर आयोजना गर्न लागिएको सो मेलामा सवारी किन्नेहरुलाई २ पटक सम्म लक्की ड्र मार्फत नगद छुट पाउन सक्ने ब्यवस्था समेत मिलाईएको छ । 

मेलामा पुरानो मोटरसाइकलको उचित मूल्यांकन गरि न्युनतम ३० हजार सम्म दिइने छ । फाइनान्स सुविधा मार्फत ३० हजार नगद भुक्तानी गरेर नयाँ बजाजको मोटरसाइकल लिएर जान सकिने छ । 

मेला अवधिभरी विविध सांस्कृतिक कार्यक्रम समेत हुने प्रोपराईटर तामाङले जानकारी दिए । नेपालमा सबैभन्दा बढि बिक्री हुने मोटरसाइकलमा बजाज कम्पनीका रहेका छन् । 

बजाजका मोटरसाइकलहरु नेपालमा वर्सेनी ९० हजार भन्दा बढी बिक्री हुने गरेको उल्लेख गरे । उनका अनुसार मेलामा बजाजको १५०, २२०, तथा २०० सिसिका प्लसर मोटरसाईकल राख्नुका साथै १३ वटा मोडलका गाडीहरु समेत राखिने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *