निजी आवास पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धि, ५९ प्रतिशत सम्पदा पुनर्निर्माण

 

बैशाख १०, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण प्रक्रियामा सहभागी रहेका ६ लाख १२ हजार ३ सय ७ घरपरिवा मध्ये ३ लाख ८२ हजार २ सय ७७ परिवारले घर बनाइसकेको जानकारी दिएको छ । 

मंगलबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यस्तो जानकारी दिएका हुन्। 

null

कार्यकारी अधिकृत ज्ञवालीका अनुसार भूकम्पले क्षति पुर्याएको ७ हजार ५ सय ५३ विद्यालय मध्ये निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत प्रगति भएको छ । 

यस्तै स्वास्थ्य संस्थातर्फ ६६ प्रतिशत, पुरातात्विक महत्वको सम्पदातर्फ ५९ प्रतिशत, सुरक्षा निकायका भवनहरु ५६ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको पनि उनले जानकारी दिए । 

आर्थिक वर्ष ०७४/७५ सम्म कुल १ खर्ब ८६ अर्ब रकम खर्च भएको छ भने चालू आर्थिक वर्षमा जम्मा १ खर्ब २३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य लिएको प्राधिकरणले भूकम्प प्रभावित जिल्लाको सबै पुनर्निर्माण सम्पन्न गर्न ४ खर्ब २९ अर्ब थप बजेट आवश्यक पर्ने जनाएको छ । 

त्यस्तै, सरकारको नियमित कार्यक्रम, निजी क्षेत्र र गैसस क्षेत्रबाट करिब २ खर्ब रुपैयाँ परिचालन हुने अपेक्षा गरेको प्रमुख ज्ञवालीले पत्रकार सम्मेलनमा बताए। 

पुनर्निर्माण र पुनस्र्थापनाको पञ्चवर्षीय योजनामा समग्र पुनर्निर्माणका लागि कुल ९ खर्ब ३८ अर्ब रकमको आंकलन गरिएको थियो। 

यस्तै स्वास्थ्य संस्थातर्फ ६६ प्रतिशत सम्पन्न भएको पनि जानकारी दिइएको छ । जसमा ५४ प्रतिशत अर्थात् ६ सय ४३ स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १२ प्रतिशत अर्थात् १ सय ४५ पुनर्निर्माणको क्रममा छन्। 

यसैगरी ५९ प्रतिशत सम्पदा पुनर्निर्माण र सुरक्षा निकायका भवनहरुको पुनर्निर्माण ५६ प्रतिशत काम सम्पन्न भएको प्राधिकरणको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =