‘क्याप्टेन विजय लामालाई टुँडिखेलमा झुण्ड्याएर मारिदेउ !‬’

के यो देशको सबैभन्दा ठूलो अपराधी क्याप्टेन विजय लामा हुन् ? के यो देशको सबैभन्दा ठूलो माफिया क्याप्टेन विजय लामा हुन् ? के यो देशको सबैभन्दा ठूलो भ्रष्टाचारी क्याप्टेन विजय लामा हुन् ? यदी हुन् भने क्याप्टेन विजय लामालाई टुँडिखेलमा झुण्ड्याएर मारिदेउ। 

तर हैनन् भने यात्रुहरुका पक्षमा, नेपाल वायु सेवा निगमको पक्षमा आफ्ना धारणा राखेर क्याप्टेन विजय लामाले कुन त्यस्तो महापाप गरेका थिए ? निगमको सिनियर क्याप्टेनले आफ्नै देशको विमानस्थलमा केही मिनेटको समय सुबिधा मागेर के त्यस्तो बिध्वंश गरेका थिए ? 

प्रष्ट छ, नेपाल वायु सेवा निगम डुबेको छ। यो सजिलै डुबेको भने हैन। किन डुब्यो ? किन टाट पल्टियो ? सँगै सुरु गरेको सिंगापुर, बंगलादेशको वायु सेवा फड्को मारेर आज कहाँ पुग्यो ? अनि नेपाल कुन धरातलमा छ ? पक्कै पनि यो कुरा प्राधिकरणका गधाहरुलाई थाहा नभएको पनि हैन। 

null

‪हेर्नुहोस् हरेक दिन जय चन्द्र सुर्यको सपथ खाँदै देशको सेवामा रमाईरहेका देखिन्थे क्याप्टेन विजय लामा। तर नेपाल वायु सेवा डुबाउने धमिराहरुले क्याप्टेन विजय लामालाई निकै अपमानित ढंगबाट कारबाही गरेका छन्। असल र खराब मान्छेहरु कस्तो ठ्याक्कै चिन्न सक्ने रहेछौ । ‬स्याबास, सरकार ! ‬ 

दावाका साथ भन्नुपर्छ, क्याप्टेन विजय लामा यो देशको ईमान्दार नागरिक हुन्। लुक्लाका अफ्ठ्यारा पहाडहरु देखी लिएर सात समुन्द्र पारी सम्म, अनि अग्ला-होचा हिमालका खोचहरुमा ज्यानको बाजी राखेर उडीरहने क्याप्टेन बिजय लामालाई लोकतन्त्रमा आफ्ना विचार राख्ने अधिकार छैन र ? क्याप्टेन बिजय लामालाई यो बोल, त्यो बोल, यसो गर, उसो गर भनेर सिकाउनु पर्छ र ? 

यो देशमा यती सजिलै अरु क-कसलाई कारबाही गरिएको छ ? वाइडबडी घोटलामा कुन सचिवलाई कारबाही भयो ? कुन हाकिमको जागिर गयो ? विमानस्थलबाटै तस्करहरुले अबैध सुन ल्याउने गर्छन्, क-कस्लाई यसरी हतारिदै कारबाही भयो ? 

भ्रष्टाचार गर्न असहयोग हर्नेहरुलाई कान ठाडा, ठाडा बनाएर, आँखा टल्काएर कारबाही त गर्यौ, तर के यो दोशको तमाम दुर्गतीको जिम्मेवारी पनि त्यसरी नै तिम्रा कान ठाडा, ठाडा बनाएर आँखा टल्काएर लिन सक्छौ ? 

उज्यालोका सम्राट कुलमानलाई धरधरी रुवाउने, तर बिजुली माफियाहरु बन्द कोठामा हाँसेर बसिरहने। विमानको पखेटा, टायर, सिटबेल्ट, इन्धनसम्म बेचेर खाने तर नेपाल वायु सेवा निगमलाई मुटुबाटै माया गर्ने ईमान्दार क्याप्टेन विजय लामाको खुलेआम यसरी अपमान गर्न लाज लाग्दैन ? 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *