हावाहुरी अपडेटः घाइते ६ जनालाई सेनाको जहाजबाट काठमाडौं ल्याइयो

 

चैत १८, काठमाडौँ । आइतबार साँझ असीना पानीसँगै आएको भीषण हावाहुरीमा परी गम्भीर घाइते भएका बाराका ६ जनालाई उपचारका लागि सोमबार काठमाडौँ ल्याइएको छ । 

गम्भीर घाइते दुई बच्चा र चार जना वयस्कलाई नेपाली सेनाको जहाज स्काइ ट्रकबाट काठमाडौँ ल्याइएको हो । 

null

आइतबार साँझ आएको हावाहुरीका कारण बार र पर्सामा गरी २७ जनाको मृत्यु भएको छ । घटनामा ६ सय बढी घाइते छन् । मृतकका परिवारलाई प्रदेश २ सरकारले जनही ३ लाख दिने निर्णय गरेको छ । 

हावाहुरीले घरहरु भत्किएका कारण त्यहाँका मानिसहरुलाई बस्न र खानको समस्या भएको छ । सरकारले राहत तथा उद्धार कार्य जारी राखेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *