आफै सुतेको बसमा आगो लगाउने एक जना पक्राउ

 

बैसाख २, मोरङ । मोरङमा आज आफै सुतेका यात्रुवहाक बसमा आगो लगाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेका छन् । 

सर्लाहीको लालबन्दी घर भएका ३० वर्षिय रामहरि माझीले मादकपदार्थ खाई उर्लाबारी नगरपालिका ७ मा केही दिन देखि हल्ट गरिराखेको ना.४. ख ४९ नम्बरको बसमा विहान करिब साढे ३ बजे आगो लगाएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । 

null

आगजानी पछी बस पूर्णरुपले क्षतीग्रस्त भएको छ । पक्राउ गरिएका माझी स्थानीय एक होटलमा काम गर्दै आईरहेका थिए । आइतबार राती होटलबाट निस्किएर माझी बसमै सुतेका प्रहरीले बताएका छन् । राती सुतेको अवस्थामा लाइटर बालेर बसमा आगजनी भएको प्रहरीको अनुसन्धानबाट खुलेको निरीक्षक तिम्सिनाले बताएका छन् । 

आगो तत्काल नियन्त्रण भई अन्य ठाउँमा लाग्नबाट जोगिएको प्रहरीले बताएका छन् । घटनास्थल बरपर मालबाँसे पेट्रोल पम्प र केही घरहरु पनि रहेका छन् । प्रहरी र दमकलले सहायताले आगो तत्काल नियन्त्रणमा आएको थियो । 

उक्त बसबारे कही कतैबाटपनी जाहेरी  किटान नआएका कारण बसधनी को हो भनेर चिन्न नसकिएको र बस धनीको जाहेरी पछी मात्र कानुनी कारवाही अगाडी बढ्ने प्रहरीले बताएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *