डोल्पामा हिउँपहिरोमा परी पाँच दिनदेखि तीन जना बेपत्ता

 

चैत २२, डोल्पा । डोल्पामा हिउँपहिरोमा परी पाँच दिनदेखि तीन जना बेपत्ता भएका छन् । 

टेलिफोन सम्पर्कको पहुँचबाट टाढा रहेको माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ सेलरीढुक्काकोे शे गुम्बास्थित कैलाश पर्वतमा तीर्थयात्राका लागि जाँदै गर्दा हिउँपहिरोमा परी उनीहरु बेपत्ता भएका हुन् । 

null

बेपत्ता हुनेहरुमा शे–फोक्सुण्डो गाउँपालिका–३ का फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ रहेको सांसद पूर्वशान्तिमन्त्री सत्य पहाडीले टेलिफोनमार्फत जानकारी दिए। उनीहरु घरबाट १७ गते गुम्बा हिँडेका थिए । 

हिउँ भारी मात्रामा भएका कारण घटनास्थलसम्म प्रहरी पुग्न सकेको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *