३ नेपाली विद्यार्थी क्याम्ब्रिज विश्वविद्यालयको शीर्ष स्थानमा

 

बैशाख ४, काठमाडाैँ ।  नेपालका तीन विद्यार्थी क्याम्ब्रिज इन्टरनेसनल परीक्षा ‘ए’ लेभलमा शीर्ष स्थानमा आएका छन् । 

मल्पी इन्स्टिच्युटका साकृत कर्माचार्य, जेभियर इन्टनेसनल कलेजका रितिक यादव र जेम्स इन्स्टिच्युट अफ हाइयर एजुकेसनकी प्रजिता बुढाथोकीले २०१८ को जुन र नोभेम्बरमा सञ्चालित क्याम्ब्रिज इन्टरनेसनल परीक्षामा अब्बल स्थान ल्याएका हुन् । यसै गरी, अन्य ५३ नेपाली विद्यार्थीले उत्कृष्ट क्याम्ब्रिजलर्नर अवार्ड जितेका छन् । 

null

हरेक वर्ष प्रदान गरिने अवार्डमा गत वर्ष भन्दा यसपालि नेपाली विद्यार्थीले विभिन्न विधामा गरी ४० प्रतिशतबढी सफलता प्राप्त गरेका हुन् । 

उत्कृष्ट विद्यार्थीलाई गत २९ चैतमा सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा क्याम्ब्रिज इन्टरनेसनलका दक्षिण एसिया क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक रुचिरा घोसले नेपाली विद्यार्थीको उत्कृष्ट प्रदर्शन देखेर धेरै नै उत्साहित भएको बताइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *