नेपाल विद्यार्थी एकाइ धरानद्वारा राहत संकलन र बितरण अभियान सम्पन्न

 

चैत्र २४, काठमाडाैँ ।   गत चैत्र १७ गते बेलुका आएको हावाहुरीको कारणले वारा र पर्सा लगायतका जिल्लाहरु शोकमा डुबिरहेको यस दुखद् घडीमा सामाजिक उत्तरदायित्वका निम्ति चिकित्सक नेपाल विद्यार्थी एकाइ धरानले पीडितहरुका निमित्त राहत संकलन र बितरण गर्ने अभियान सम्पन्न गरेको छ । 

बि. पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका फ्याक्ल्टी , कर्मचारी , विद्यार्थी र संस्थाका सदस्यहरुबाट उक्त राहत रकम संकलन गरिएको थियो भने राहत सामाग्रीहरु तथा औसधिहरु बि.पि.के.आइ.एच.एस एलुमिनाइ एसोसिएसन ले सहयोग गरेको थियो। ९० हजार बराबरको राहत रकम संकलन गरि आवश्यक सरसामान किनेर पिडितहरुलाइ र गाउँपालिकालाइ जिम्मा लगाइएको थियो । 

null

राहत सामाग्रीमा १५० थान बाल्टिन , मग , चप्पल , टर्च लाइट , दन्तमन्जन , ब्रश , झुल , बिस्कुट , चाउचाउ , नुन र औषधि समाबेश गरिएको थियो । पि.एस.आर.एन को ७ जनाको टोलि र प्रतिस्ठानका सहायक अस्पताल निर्देशक सहितको टोलिले राहत सामाग्री बितरण गरेको थियो ।  संस्थाका अद्द्यक्ष लोकेन्द्र अवस्थिका अनुसार ,हावाहुरी प्रभावित क्षेत्र बारा को फेटा गाउपालिकाको वडा न. ६ र १ हुन । 

पीडितहरुको सहयोगका निमित्त राहत सामाग्री प्रसस्त रुपमा आइरहेका छन । त्यहाँको अवस्था सामान्य भै नसके पनि आपत्तिकालिन भने छैन । गाँस बाँस कपास को आवस्यकता छ । विभिन्न सहयोगि दाताहरुले सहयोग प्रदान गरिरहेका छन । पक्की घर बाहेक प्राय सबै घरहरु ध्वस्त छन , घाइतेहरुको उपचार भइ सामान्य अवस्था छ । तर शनिबार बिहानै देखि हावाहुरीसँगै पानी परिरहेको ले बारा, पर्साका हुरीपीडितको झन् विचल्ली हुने सम्भावना देखिएको छ । पानीका कारण राहत वितरण प्रभावित त हुन्छ नै , पीडितहरुलाइ ओत लाग्ने ठाउँको पनि अभाव हुने सम्भावना देखिएकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *