भारतमा तेस्रो चरणको मतदान हुँदै

एजेन्सी । भारतमा जारी लोकसभा निर्वाचनअन्तर्गत आज तेस्रो चरणको मतदान भइरहेको छ । १३ राज्य र दुई केन्द्रशासित प्रदेशका १ सय १७ लोकसभा सिटका लागि मतदान भइरहेको हो । 

गुजरातका २६, केरलाका २०, कर्नाटकका १४, महाराष्ट्रका १४, गोवाका २, असमका ४, बिहारका ५, ओडिसाका ६, उत्तर प्रदेशका १०, छत्तीसगढका ७, पश्चिम बंगालका ५, दमन–दीवको १, दादर नगर हवेलीको १ र जम्मू–कस्मिरको १ सिटका लागि मतदान भइरहेको हो । 

 

null

१ सय १७ सिटका लागि १ हजार ६ सय १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यीमध्ये राष्ट्रिय दलका ३ सय १४, क्षेत्रीय दलका ७६, मान्यता प्राप्त नगरेका दलका ४ सय ९२ र स्वतन्त्र ७ सय १२ जना उम्मेदवार मैदानमा छन् । 

दुई प्रमुख पार्टी भारतीय जनता पार्टी (भाजपा) र कांग्रेसका अध्यक्षको चुनावी क्षेत्रमा पनि आज मतदान भइरहेको छ । कांग्रेस अध्यक्ष राहुल गान्धी यो चरणमा केरलको वायनाड संसदीय क्षेत्रबाट चुनावी मैदानमा छन् । 

यस्तै भाजपा अध्यक्ष अमित शाह गुजरातको गान्धीनगरबाट चुनावी मैदानमा उत्रिएका छन् । राहुल गान्धी केरलको वायनाडबाट चुनावी प्रतिस्पर्धामा रहेको यो पहिलोपटक हो । यहाँको जित राहुलका लागि मात्रै नभएर कांग्रेस पार्टीकै लागि महत्वपूर्ण हुने आंकलन गरिएको छ । 

प्रधानमन्त्री मोदीको गृह राज्य गुजरातमा पनि आज चुनाव भइरहेको छ । मोदीको चुनावी क्षेत्र वाराणसीमा भने आज मतदान छैन । सात चरणमा हुने यसपटकको चुनावमा ९० करोड भन्दा बढी मतदाताले ५४३ लोकसभा सिटका लागि मतदान गर्दै छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *