रत्ननगरलाई बालमैत्री नगर बनाइँदै

 

बैशाख १३, चितवन । चितवनको रत्ननगर नगरपालिका बालमैत्री तथा बालश्रम मुक्त नगर तर्फ उन्मुख भएको छ । 

यही वर्षको अन्त्य सम्म नगरलाई बालमैत्री घोषणा गर्ने लक्ष्य छ । सोही लक्ष्य अनुसार बाल संरक्षण तथा बालश्रम न्युनिकरण कार्यक्रम सञ्चालनको जिम्मा पाएको रत्ननगर उद्योग वाणिज्य संघले विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको छ । 

null

सन् २०१४ देखी यो कार्यक्रम रत्ननगर नगरपालिका र युनिसेफ नेपालको सहयोगमा संघले सञ्चालन गरिरहेको छ । अहिले सम्म नगरको ४ वटा वडालाई बालमैत्री घोषणा गरिसकेको छ भने अझै १२ वटा वडा घोषणा हुन बाँकी छ । 

रत्ननगर १५ लाई वालमैत्री घोषणा गरिसके पश्चात् बाँकी वडाहरुलाई एकै पटक घोषणा गरिने तयारी रहेको छ । 

रत्ननगर १५ लाई बालमैत्री घोषणा गर्ने पूर्व सन्ध्यामा शुक्रबार वडाभित्रका विद्यालय नियमित नहुने ११ जना विद्यार्थीहरुलाई नियमित गराउन स्टेशनरी र पोशाक वितरण गरिएको छ । रत्ननगर १५ को वडा कार्यालयमा आयोजित कार्यक्रममा सोही वडाका वडाध्यक्ष हुमनाथ लामिछाने, संघका अध्यक्ष राजाराम रेग्मीले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोशाक प्रदान गरेका हुन् । 

वडा नम्वर १५ मा रहेको माधवपुर माध्यमिक विद्यालयका रेशम अम्गाईं र निशान अम्गार्इं, जनजागृती माध्यमिक विद्यालयका प्रज्वल न्यौपाने र अनिशा विक, विन्देश्वरी माध्यमिक विद्यालयका सिमन चेपाङ, सविता चेपाङ र संगिता सुनार तथा नमुना आधारभूत विद्यालयका देव पनेरु, सन्तोष चेपाङ, राधिका श्रेष्ठ र जेनिसा चेपाङलाई स्टेशनरी र पोशाक प्रदान गरिएको बाल संरक्षण तथा बालश्रम न्युनिकरण कार्यक्रमकी व्यवस्थापक रोजिना श्रेष्ठले जानकारी दिइन् । 

रत्ननगर १५ लाई यही वैशाख भित्र बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणाको तयारी भएको बाल संरक्षण तथा बालश्रम न्युनिकरण कार्यक्रमकी कर्मचारी मिना खनालले बताइन् । त्यसका लागि सो वडाले ३९ वटा सुचक पुरा गरिसकेको छ । 

वि.सं. २०७३ सालमा गरिएको वेस लाईन सर्वे अनुसार ४ सय २९ जना श्रमिक बालबालिका नगरभित्र छन् । उनीहरुको व्यवस्थापन पछि मात्रै रत्ननगर बालमैत्री तथा बालश्रम मुक्त नगर हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =