एनएमबि बैंकको सहारा बचत खाता सार्वजनिक, शुन्यमा खाता खोल्दा १ सय रुपैंया

 

बैशाख २, काठमाडौं । बैकिङ क्षेत्रमा छुट्टै परिचय कायम गर्न सफल एनएमबि बैंकले ‘एनएमबि सबैको सहारा बचत खाता’ सञ्चालनमा ल्याएको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरी बैंकले शुन्यमा खाता खोलेर बैंकको तर्फबाट एक सय जम्मा गरिदिने योजना सार्वजनिक गरेको हो । 

यो योजनामा बैंकमा खोलिने प्रत्येक खातामा बैंकको तर्फबाट रु एक सय जम्मा हुनेछ । 

null

सरकारको खोलौं बैंक खाता अभियानलाई सफल पार्न पनी बैंकले अभियान ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । ‘प्रधानमन्त्रीले हिजो सबै नेपालीलाई बैंक खाता अभियान घोषणा गर्नुभयो, हाम्रो योजनाले पनी केहि हदसम्म सरकारको अभियानलाई साथ दिने अपेक्षा गरेका छौं ।’ केसीले भने । 

बैंकले उक्त खातामा प्रत्येक ग्राहकको अग्रिम बीमा सुरक्षण समेत गरेको छ । बैंकले खातावालाको दुर्घटना मृत्यु वा दुर्घटनाका कारण स्थायी रुपमा अंगभंग भएमा, क्यान्सर, किड्नी फेल, लिभरको रोग, मस्तिष्कघात, ह्दयघात तथा प्यारालाइसिस लगायत १८ वटा घातक रोगहरु मध्ये कुनै एक लागेको खण्डमा नीजको हकवालालाई रु १० लाखसम्मको बीमा रकम समेत उपलब्ध गराउने योजना ल्याएको छ । 

यसैगरी ‘एनएमबि सबैको सहारा बचत खाता’ मा सर्वाधिक ब्यादर दिने छ । सँगै निःशुल्क डिम्याट खाता, निःशुल्क मोबाइल बैकिङ्ग, निःशुल्क इन्टरनेट बैकिङ्ग तथा डिलाइट एटिएम कार्डको समेत सुविधा उपलब्ध गराउने भएको छ । 

योजना सार्वजनिक कार्यक्रममा बोल्दै बैंकका सिइओ सुनिल केसीले यो अभियानले अनुत्पादक क्षेत्रमा खर्च भइरहेको रकम बैंकमार्फत उत्पादनमुलक क्षेत्रमा लगानी हुन सक्ने अपेक्षा रहेको समेत बताए । ‘यो योजनाले हरेक नेपालीलाई खाता खोल्न प्रेरित गर्छ नै, घरमा निस्कृय रहेको रकम तथा अनुत्पादक क्षेत्रमा खर्च भइरहेको रकमलाई समेत उत्पादनमुलक क्षेत्रमा लगानी गर्न थप बल पुग्नेछ ।’ 

२४ वर्ष अघि स्थापना भएको एनएमबि बैंक सन् २०१७ र २०१८ मा लगातार ‘बैंक अफ दि इयर’ अवार्डबाट सम्मानित बैंक हो । हाल बैंकले मुलुकभर ११० शाखा ४ वटा एक्स्टटेन्सन काउण्टर, ९९ एटिएमबाट ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । एनएमबि बैंक नेपालमा विदेशी संयुक्त लगानी साझेदार एफएमओ ल्याउने बैंक समेत हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *