वर्किङ भिसामा युएई पठाउने भन्दै ठगी गर्ने विमला थापा प्रहरी नियन्त्रणमा

 

चैत २०, काठमाडौं । वर्किङ भिसामा नेपाली कामदार युएई पठाउने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

वर्किङ भिसामा रोजगारीका लागि यूएई पठाउने भन्दै प्रतिव्यक्ति २ लाख ४० हजार लिई भिजिट भिसामा पठाउने गरेको आरोपमा कम्पास म्यानपावरकी कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

null

धनुषा मिथिला बिहारी नगरपालिका–२ का मोहम्मद गुलाम राइन र सबिर राइनले भोजपुर जिल्ला हतुवागढी गाउँपालिका–९ की ३४ वर्षीया विमला थापा विरुद्ध प्रहरीमा जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

थापालाई आवश्यक कारबाहीको लागि मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको बृतले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *