आज उपत्यकासहित धेरैजसो ठाउँमा सामान्य बद्ली, पश्चिमी तराईमा बढ्यो गर्मी

काठमाडौं, २७ चैत्र । उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम बुधबार सामान्य बद्ली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । स्थानीय वायुको प्रभावका कारण सामान्य बद्ली र पूर्वका केही ठाउँमा बेलुकातिर छिटफुट पानी पर्ने सम्भावना रहेको मौसमविद् बताउँछन् । 

यसैबीच पश्चिमी तराइमा भने गर्मी बढेको छ । केही दिन मौसम बद्ली हुने सम्भावना नभएकाले गर्मी अझै बढ्ने सम्भावना रहेको छ । मंगलबार नेपालगञ्जको अधिकतम तापक्रम ३५ दशमलव ८ र धनगढीको ३५ दशमलव २ डिग्री सेल्सियस पगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 20 =