चितवनमा सवारी दुर्घटना: एकको मृत्यु, एक जना गम्भीर घाइते

भरतपुर, २५ चैत्र । चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । 

नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ रामनगरमा बिग्रेर रोकिराखेको ना ६ ख ५७२९ नंको ट्रकमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना २० प ७५१८ नंको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो । 

 

null

दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार पोखरा महानगरपालिका–३१ का १६ वर्षीय सरोज भुजेलको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

गम्भीर घाइते मोटरसाइकल चालक देवघाट गाउँपालिका–५ का ४१ वर्षीय महेश्वर कँडेलको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 1 =