युनिग्लोवमा कक्षा ११ मा कानुन विषय अध्ययन गर्न पाइने

बैशाख ८, काठमाडौं । राजधानीको कमलादीस्थित युनिग्लोब माध्यामिक विद्यालयले शैक्षिक सत्र २०७६ देखि कक्षा ११मा ऐच्छिक कानुन विषयको पठनपाठन सुरु गर्ने भएको छ । आज विद्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइयो । 

 

विद्यालयका प्रधानाध्यापक डा. करण सिंह ठगुन्नाले आजको देशको आवश्यकता र युवाहरूको रुचिलाई ध्यानमा राखी कानुन विषयको अध्यापन सुरु गर्न लागिएको जानकारी दिए । 

null

त्रिभुवन विश्वविद्यालय कानुन केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. लक्ष्मीप्रसाद मैनालीले हाल देशमा कानुन सम्बन्धी दक्ष जनशक्तिको अभाव रहेको हुँदा कानुन विषयको पठनपाठनको ठूलो आवश्यकता रहेको औल्याउँदै युनिग्लोबले यस विषयको पठनपाठन सुरु गर्न लागेकोमा खुसी प्रकट गरे । 

‘कानुनी क्षेत्रमा दक्ष जनशक्तिको समेत अभाव छ, त्यसलाई पुर्ति गर्न हरेक विद्यालयले कानुनको पाठ्यक्रम सुरु गर्नु आवश्यक छ ।’ उनले भने । 

साथै मैनालीले यसका लागि आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न आफू तत्पर रहेको बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *