टिप्परको ठक्करबाट एक जनाको मृत्यु

प्यूठान, १३ वैशाख । टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गएराति टिप्परले ठक्कर दिएपछि प्यूठान नगरपालिका ४ विजुवार कालिकास्थान निवासी ४७ वर्षीय कृष्णबहादुर योगीको मृत्यु भएको हो । 

 

बाग्दुला बजारमा पैदल हिडिरहेका बेला उनलाई रा १ ख १९७१ नम्बरको टिप्परले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । जिल्ला अस्पताल विजुवारमा उपचार गर्दागर्दै उनको मृत्यु भएको हो । 

null

मृतकको शव पोष्टमार्टमका लागि प्यूठान अस्पतालमा राखिएको छ । ठक्कर दिने टिप्पर र चालक प्रहरीले नियन्त्रणमा लिएको छ । तीब्र गतिमा गुड्ने टिप्परका कारण बजार क्षेत्रमा जोखिम बढेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 1 =