अर्धकुम्भ मेलाको तयारी अन्तिम चरणमा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

 

चैत २०, धरान । सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित प्राचीन हरिद्धार चतराधाममा अर्ध महाकुम्भको तयारी अन्तिम चरणमा पुगेको छ । 

यही चैत २३ गतेदेखि बैशाख २४ गतेसम्म चल्ने मेला सम्पन्न गर्ने जिम्मेवारी प्रदेश १ सरकारले लिएको छ । 

null

बुधबार मेलाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदेश १ का मुख्य सचिव तथा कानूनमन्त्री हिक्मत कार्कीले ५० लाख रुपैयाँको लागतमा आयोजना हुने मेलामा सहयोग गर्ने जानकारी दिए । 

 

कुम्भ मेलालाई व्यवस्थित एवम् मर्यादित बनाउन प्रदेश सरकारलले आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलाई जिम्मा दिएको छ । मेलाका लागि मन्त्री कार्कीले गत शुक्रबार नै चतरामा विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, विभिन्न जिल्लाका अधिकारी, प्रहरी लगायतसँग वृहत् छलफल गरेका थिए । 

अर्धकुम्भ आयोजनाको लागि नेपालका प्रथम जगतगुरु श्री बालसन्त मोहन शरण देवाचार्य महाराजको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ भने १५ सदस्यीय स्टेरिङ कमिटि पनि गठन गरिएको छ । 

 

मेलाका लागि आवश्यक विद्युत आपूर्ति, औषधीको व्यवस्था, सडकको मर्मत, प्रचार प्रसार, अस्थायी शौचालय, इन्टरनेट तथा मोबाइल टावर, यातायात व्यवस्थापन, जेनेरेटर, सुरक्षा लगायतका सबै कामको जिम्मा सम्बन्धित विभाग तथा निकायहरुलाई दिइएको प्रदेश १ का मुख्य सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए । 

उनका अनुसार कुम्भ मेलाका लागि आउने तीर्थालुहरुलाई धरानस्थित वीपी प्रतिष्ठान, विराटनगरको नोबेल र विराट नर्सिङ कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाइने छ । 

 

यस मेलाको उद्घाटन चैत २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । सुनसरीको एक मात्र पौराणिक तीर्थ स्थलको रुपमा परिचित बराहक्षेत्र चतराधामा हरेक ६ वर्षमा अर्ध महाकुम्भ र १२ वर्षमा पूर्ण महाकुम्भ मेला लाग्ने गर्दछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *