‘पसिना’को सार्वजनिक ट्रेलरमा यस्तो देखियो

बैशाख ५, काठमाडौँ । आर. बि खत्री ‘शरद’ द्वारा निर्देशित नेपाली चलचित्र पसिनाको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमको बिच पत्रकार सम्मेलन यस चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । 

 

‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको यस चलचित्रमा समसामयिक कथामा बनाइएकाे छ । यस चलचित्रको कथा एउटा मजदुरको जिन्दगीसँग चित्रण गरिन खोजेको पाईन्छ । २ मिनेट ३० सेकेन्डको सार्वजनिक ट्रेलरमा नायक गौरव पहारी, नायिका अनु शाहको साथमा कलाकारहरु सरोज खनाल, रवि गिरी लगायतको कलाकारलाई विशेष स्थान दिईएको छ । 

null

यस चलचित्रको निर्माण तथा लेखन निर्देशक आफैले नै गरेका हुन भने कार्यकारी निर्माता भने संजय महत्तो रहेका छन् । शान्ता ढकालको लगानी रहेको यस चलचित्रमा नविन निरौला र भरत रेग्मीको सम्पादन, राम केसीको छायांकन, आशिश र शरदको पटकथा तथा संवाद रहेको छ । 

नयाँ बर्ष ०७६ को अवसर पारेर केहि दिन अगाडी मात्र यस चलचित्रको फर्स्ट लुक सार्बजनिक गरिएको थियो । चलचित्रको प्रर्दशन मिति भने आगामी बैशाख २७ गते पक्का भएको छ । 

सार्वजनिक ट्रेलर 

 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *