वडाध्यक्ष लामाले सेवा सुविधाको रकम हावाहुरी प्रभावितलाई दिने

 

चैत १९, चितवन । चितवनका एक वडाध्यक्षले एक महिनाको सेवा सुविधा वापत पाउने रकम बारा र पर्साका हावाहुरी प्रभावितलाई राहत स्वरुप उपलव्ध गराउने भएका छन् । 

पूर्वी चितवनको राप्ती नगरपालिका ४ का वडाध्यक्ष शमशेर लामाले एक महिनाको रकम हावाहुरी प्रभावितलाई दिने घोषणा गरेका हुन् । मृतक तथा घाइतेका परिवारहरुलाई मुख्यमन्त्री राहत कोषमा एक महिनाको आफुले पाउने सबै सेवासुविधा बराबरको रकम उपलब्ध गराउने अध्यक्ष लामाले जानकारी दिए । 

null

 

हावाहुरीका कारण ज्यान गुमाउनेहरु प्रति शोक व्यक्त गर्दै अध्यक्ष लामाले विपतको बेला सबैले खुल्ला ह्रदयले सहयोगका लागि अपिल समेत गरेका छन् । त्यस्तै खैरहनी स्थित युवा स्वर्ण तारा क्लवले हावाहुरी प्रभावितका लागि राहत संकलन सुरु गरेको छ । 

खैरहनीको वजार क्षेत्रमा घरदैलो गर्दै राहत संकलन सुरु गरिएको क्लवका सचिव सागर अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार बजार क्षेत्रबाट खाद्यान्न र नगद संकलन भईरहेको छ । क्लवकै पहलमा सोमवार ११ जना युवाहरुलाई रक्तदानका लागि पठाएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *