शास्त्रले भन्छ यी तीन राशी भएका पुरुष उत्कृष्ट श्रीमान्

बैशाख ६ । कुनै पनि विवाहित महिलाको श्रीमान् उत्कृष्ट भएमा उसको जिवन नै सफल हुन्छ । एउटा बिवाहित महिलाले आफ्नो श्रीमान् असल, बुद्धीमान, आफुलाई जहिले साथ दिने सहयोगी, आफूलाई सधैँ खुसी अनि सुखी राख्ने, आकर्षक व्यक्तित्व भएकाे श्रीमान् हाेस् भन्ने चाहन्छन् भने एउटा अवाहित महिलाले पनि बिहेपछी यी गुण भएका श्रीमान् भविष्यमा प्राप्त गर्न सकियोस् भन्ने चाहन्छन् । ज्योतिषशास्त्र अनुसार केही यस्ता राशीहरुको बारेमा बताईएको छ, जुन उत्कृष्ट श्रीमान्मा हुनुपर्ने गुणहरु हुन्छन् । ती राशीहरु के–के हु्न् तल बताईएको छ ।
कन्या राशी– कन्या राशीका पुरुषलाई पनि असल जीवनसाथी मानिन्छ । बुद्धिमान, आकर्षक, बोलेर मन जित्ने खुबीका हुन्छन् । श्रीमतीलाई अत्यन्तै माया गर्ने पुरुष पनि यसै राशीका हुन्छन् । यस राशीका पुरुषलाई खाना पकाउनदेखि लिएर बाल–बच्चा स्याहार्ने काम राम्ररी आउँछ । हुनसक्छ, यस कारणले पनि श्रीमतीका लागि असल श्रीमान् हुनसक्छन् ।
null
मकर राशी– यस राशीका श्रीमानले आफ्नी श्रीमतीलाई सधैं सन्तुष्ट राख्ने गर्छन् । श्रीमतीलाई खुशी राख्ने सबैभन्दा ठूलो कारण उनको स्वभाव हो । यस राशीका पुरुष आफ्नी श्रीमतीप्रति सधैं इमान्दार रहन्छन् । यस राशीका पुरुष आकर्षक ‘लुक’, बोल्ने कला र सधै सकारात्मक व्यवहारका हुन्छन् । सबैभन्दा राम्रो पक्ष यस राशीका पुरुषहरु जीवनभर यस्तै ९सकारात्मक० रहन्छन् ।
सिंह राशी– ज्योतिष शास्त्रलाई मान्ने हो भने सिंह राशीका चिन्ह, जसको भित्र पर्ने महिला, पुरुष, बालक–बृद्ध सबै आकर्षक हुन्छन् । भनिन्छ, यस राशीका पुरुषलाई सँधै सुन्दर, असल श्रीमती मिल्छ, यस्तो राम्रो चयन शक्तिका कारण हुनसक्छ । यस राशीका पुरुष, सरप्राइज दिने, श्रीमती मात्रै होइन बालबच्चको पनि ध्यान राख्ने भएकाले ‘केयरिङ हस्बेन्ड’ भनिन्छ ।








