हावाहुरीमा परी मृत्यु हुनेको संख्या २८ पुग्यो

 

चैत १९, काठमाडौँ । बारा र पर्सामा हावाहुरीमा परी ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । 

आइतबार साँझ आएको हावाहुरीमा परी तीन भारतीयसहित २७ जनाको मृत्यु भएको थियो । वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचाररत बाराको फेटा गाउँपालिका–६ का फिरोज अन्सारीको पाँच वर्षीय छोरा फैयाज आलमको मंगलबार मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २८ पुगेको हो । 

null

हावाहुरीमा परी ६ सय ६८ जना घाइते भएका थिए । ती मध्ये २ सय ८४ जना उपचारपछि सोमबार नै घर फर्किएका थिए । 

हावाहुरीले त्यहाँका घरहरुमा क्षति पुगेपछि स्थानीयको बिचल्ली भएको छ । कति बालबालिका टुहुरा भएका छन् भने कतिले आफ्ना परिवार गुमाएका छन् । 

प्रदेश २ सरकारले मृतकका परिवारलाई ३ लाख दिने घोषणा गरेको छ भने प्रदेश ३ र सूदुरपश्चिम प्रदेश सरकारले १–१ करोड रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले २५ लाख र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५ लाख दिने घोषणा गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत अन्य नेता तथा मन्त्रीहरुले पनि त्यस क्षेत्रको निरीक्षण गरी सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *