श्रीलंकामा बुर्कामाथि प्रतिबन्ध लगाइयो

बैशाख १६, श्रीलंका । श्रीलंकामा २१ अप्रिलमा भएको बम हमला पश्चात् श्रीलंकाको सरकारले अनुहार ढाक्ने सबै कपडा (बुर्का) माथि प्रतिबन्ध लगाएको छ ।
चर्च र विलासी होटल लक्षित श्रृङ्खलाबद्ध हमलामा २ सय भन्दा बढी मानिसहरुको मृत्यु भएपछि यस्तै घटना नदोहोरियोस् तथा दोषीको पहिचान गर्न सजिलो होस् भन्ने हेतुले श्रीलंका सरकारले बुर्कामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
null
राष्ट्रपति मैत्रिपाल सिरिसेनाले भनेका छन्, ‘राष्ट्रिय सुरक्षालाई हेर्दै यस्ताे कदम उठाउन लागिएको हो । सोमबारदेखि लागु भएको प्रतिबन्धमा मुस्लिम महिलाद्वारा पहिरिने नकाब या बुर्का भनेर उल्लेख गरिएको छैन ।’
आदेशमा भनिएको छ, ‘मानिसको पुरै अनुहार देखिनुपर्छ, ताकि उनको पहिचान गर्न सकियोस् ।’
बम विस्फोटको घटनाको जिम्मेदार कट्टरपन्थी इस्लामी संगठन नेश्नल तौहीद जमात भएको जानकारी दिइएको छ ।
ईस्टरको दिन भएको चरमपन्थी हमलापछि श्रीलंका सरकारले नेश्नल तौहीद जमात र जमियत मिल्लत इब्राहीम जस्ता संगठनमाथि प्रतिबन्ध लगाएको छ । तीनीहरुका सबै कार्यालय सील गरिएको छ भने सरकारले बैंक अकाउन्ट पनि फ्रिज गरिदिएको छ ।
गत आइतबार श्रीलंकामा भएको विस्फोटमा परि २ सय ५० जनाको मृत्यु भएको थियो भने ५ सय भन्दा बढी घाइते भएका थिए । मृत्यु भएका मध्य ३६ जना विदेशी भएको खुलेको थियो ।
कोलम्बो, नेगोम्बो र बट्टिकलोआमा तीन चर्चमा ईस्टकमो प्रार्थनाको क्रममा विस्फोट गरिएको थियो ।
यसैगरी कोलोम्बोमा चार होटल र एक चिडियाखाना नजिकै बिस्फोट गरिएको थियो ।








