न्यू इयर इभमा गायक यम बराल शेर्पा मलमा भन्दैछन् ‘माया बस्यो मुटुमा’

काठमाडौं, २५ चैत । नयाँ वर्षको अवसरमा दरबारमार्ग स्थित शेर्पा मलमा आयोजना हुने विशेष सांगितिक कार्यक्रममा चर्चित गायक यम बरालले धमाका मच्चाउने भएका छन् । आगामी चैत्र ३० गते शेर्पा मलमा हुने कार्यक्रममा गायक बरालले ‘माया बस्यो मुटुमा’ भन्दै दर्शक झुमाउने छन् । दरबारमार्ग स्थित हेडलाइन लाउन्ज एण्ड क्याफेले नेपालीहरुको नयाँ बर्ष २०७६ को अवसरमा डिजे पार्टी, कन्सर्ट र सेलीब्रेटी होस्टीङको समेत आयोजना गरेको छ । ‘निष्टुरीले छाडेर गै हाली’ गायक बरालले उक्त कार्यक्रममा आफ्ना नयाँ तथा पुराना चर्चित गीतहरुले दर्शकलाई मन्त्रमुग्ध बनाउने छन् । सुमधुर स्वरका धनी गायक बरालले ‘मायो बस्यो मुटुमा, हेर हेर पुर्वबाट झुल्किएछ घाम, बादलुको घुम्टोले इलाम बजार छोपिदा’ जस्ता चर्चित गीतहरु गाउने कार्यक्रम रहेको छ ।
उक्त सांगितिक कार्यक्रममा पप गायक राजेश राईले पनि आकर्षक प्रस्तुति दिनेछन् । उनले ‘तोडियो तोडियो’ ‘ए कान्छी’ जस्ता युवा पुस्ताहरुले रुचाएका गीतहरु प्रस्तुत गर्नेछन् । कन्सर्टमा चर्चित गायक बराल र राई सँगै दोस्रो नेपाल आइडल टप टेन जश्मी लिम्बु, गायक विनय केसी, डिजे जेन्टले आफ्नो प्रस्तुति दिनेछन् ।
null
कन्सर्टको मुख्य प्रायोजक काल्र्सवर्ग वियर रहेको छ । अन्य स्पोन्सरहरुमा चिवास, ज्याकडेनियल, रियल जुस, सिग्नेचर, खुकुरी रम, स्तुपा रेष्टुरेन्ट एण्ड वार रहेका छन् ।








