अपहरणमा परेको नाटक गरेर परिवारसँग २३ लाख फिरौती माग

 

चैत १७, काठमाडौँ । अपहरणमा परेको भन्दै आफ्नै परिवारसँग २३ लाख फिरौती माग्ने एक जना पक्राउ परेका छन् । 

महानगरीय प्रहरी अपमहानगरीय प्रहरी अपराध महाशाखा टेकुले अपहरणको नाटक गरी आफ्नै परिवासँग फिरौती माग्ने दार्चुला नौगाड–६ घर भइ हाल काठमाडौं जडीबुटीमा बस्दै आएका जयभानसिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई राजधानीको चावहिलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

null

प्रहरीका अनुसार धामीले आफू अज्ञात समूहको अपहरणमा परेको भन्दै परिवारसँग २३ लाख रुपैयाँ फिरौती रकम माग गरेका थिए। 

लेनदेनका कारण परिवारसँग उक्त रकम मागेको धामीले प्रहरीसँग स्वीकारेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *