‘हामीले कमाएको पैसा कहाँ लगानी गर्ने ?’

 

चैत २२, चितवन । नेपालमा भारतीय पूर्व सैनिकहरुका लागि पेन्सनबापत दैनिक करोडौं रुपैयाँ आउने गरेको छ । 

पूर्व सैनिकहरुका अनुसार दैनिक १९ करोड रुपैयाँ पेन्सनबापत नेपाल भित्रिने गरेको छ । तर यो रकम आर्थिक उपार्जनको क्षेत्रमा लगानी हुन नसकेको उनीहरु बताउँछन् । आफूहरुले कमाएको पैसा आम्दानीको क्षेत्रमा सरकारले लगानी गरोस् भन्ने उनीहरुको चाहाना छ । 

null

अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ नेपाल पूर्वी चितवनको खैरहनीमा शुक्रबार आयोजित तेश्रो वार्षिक साधारण सभामा पूर्व सैनिकहरुले दैनिक करोडौं स्वदेश भित्रिने गरेपनि ठुला परियोजनामा लगानी हुन नसकेको दुःखेसो पोखे । 

भारतीय पूर्वी सैनिकहरुको पेन्सन दैनिक १९ करोड आउने उल्लेख गर्दै अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघका केन्द्रिय अध्यक्ष डाक्टर लक्ष्मीकान्त पाण्डेले त्यसको १० प्रतिशत आर्थिक वृद्धी हुने क्षेत्रमा लगानी गर्ने वातावरण सरकारले मिलाउनु पर्र्नेमा जोड दिए । 

करिब पाँच लाखको हाराहारीमा पेन्सन खाने पूर्व सैनिक र तिनका परिवार छन् । साथै पूर्व सैनिकहरुले आफुहरुको अनुभव र सीपलाई सरकारले सदुपयोग गर्नुपर्ने बताएका छन् । 

‘हामी लाहुरे मात्रै होईनौं’, अध्यक्ष पाण्डेले भने, ‘नेपाली जनताका संरक्षण, समाज परिवर्तनका सम्वाहकलाई उचित काम दिईयोस् ।’ 

अझै पनि नेपालमा हजारौं भारतीय पूर्व सैनिकका परिवारले पेन्सन पाउन सकेका छैनन् । सरकारले यसमा सहयोग गर्नुपर्ने उनको भनाइ छ । 

अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ नेपाल पूर्वी चितवनका सदस्य लेखबहादुर पुनका अनुसार अझै पनि नेपालमा २० हजार भन्दा बढि पूर्व सैनिकले पेन्सन पाउन सकेका छैनन् । नागरीकता नहुँदा र जन्ममिति फरक पर्दा यस्तो समस्या आएको उनको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *