मलेसियामा बस दुर्घटना हुँदा २ नेपालीसहित ११ जनाको मृत्यु, १२ जना घाइते (नामावलीसहित)

चैत २५, क्वालालम्पुर । मलेसियामा सवारी दुर्घटना हुँदा दुई नेपालीसहित ११ जनाको मृत्यु भएको छ ।
मलेसियाको सेपाङमा आइतबार राती कामदार बोकेको सो बस दुर्घटना हुँदा २ नेपालीसहित ११ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु छन् ।
null
बसमा सवार ४३ यात्रु मध्ये १४ जना नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।
यस्तै दुर्घटनामा घाइते हुने नेपालीमा केशव थापा, लोकेश ओली, कृष्ण बहादुर पुन मगर, भरत शाही, पदम बहादुर कुँवर, सन्तोषकुमार शाह, सुमन काउचा मगर, सन्तोष कुमार यादव, लोकेन्द्र शहादुर शाही, सुरज यादव, महेश कुमार बुढाथोकी र विश्वकर्मा मण्डल रहेकाे मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।
क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस दुर्घटना भएको बताइएको छ ।
घाइतेहरुको पुत्राजया, सेरडाग, वान्तिग अस्पतालमा उपचार भइरहेको जानकारी दिइएकाे छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ।








