मापासे कारवाहीबाट बच्न प्रहरीलाई घुस दिन खोजेपछि…

 

चैत १७, काठमाडौँ । प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ परेका छन् । 

सवारी साधन जाँच गर्ने क्रममा उनीहरुले मापासे सेवन गरेको खुलेको थियो । प्रहरीको कारवाहीबाट बच्न घुस दिन खोज्दा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

null

शनिबार राति बा९७प २२४६ नम्बरको मोटरसाइकल चालक काठमाडौं सानोभर्‍याङ बस्ने पर्सा वीरगञ्ज घर भएका २४ वर्षीय पुनककुमार राम र बा ७६ प ९५६७ नम्बरको मोटरसाइकल चालक काठमाडौं नागर्जुन नगरपालिका ६ बस्ने ३६ वर्षीय प्रमोद खकुरेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

पुनककुमारले ३ सय र प्रमोदले १ हजार रुपैयाँ प्रहरीलाई घुस दिन खोजेका थिए । प्रहरीलाई आर्थिक प्रलोभनमा पारेको आरोपमा उनीहरुलाई मोटरसाईकल सहित पक्राउ गरिएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *