ओखलढुंगामा जिप दुर्घटना: ६ जनाको मृत्यु

ओखलढुंगा, १८ चैत्र । ओखलढुंगामा भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ ओलाङचुङ्गोलाका ५५ वर्षीय मिङ्मा शेर्पा, ताप्लेजुङ फत्तालुङका ४५ वर्षीय साम्गेल शेर्पा, काठमाडौं बौद्धका ४० वर्षीय ङवाङ सेर्तुङ शेर्पा, सोही ठाउँका ३५ वर्षीय नोर्बु शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पाको रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए । 

 

जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी नजिकै भडारे खोलामा आइतबार दिउँसो जिप दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । सोलुखुम्बुको जुनबेंसी गुम्बाबाट पूजापाठ गरेर काठमाडौं फर्कंदै गरेको रातो नम्बर प्लेटको बा १६ च २२०७ नम्बरको स्कार्पियो सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको थियो । 

null

दुर्घटनामा परी चालक कृष्ण श्रेष्ठसहित तीनजना गम्भीर घाइते भएका छन् । घाइतेको उदयपुर घुर्मीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =