ओखलढुङ्गा जिप दुर्घटनाः मृत्यु हुनेको संख्या ७ पुग्यो (नामसहित)

 

चैत १७, ओखलढुंगा । ओखलढुंगामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । 

खोटाङको हलेसीबाट काठमाडौं जाँदै गरेको बा १६च २२०७ नम्बरको स्कारपियो ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिका–७ स्थित भण्डारे खोलामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ७ पुगेको हो । 

null

दुर्घटनामा ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलाका ५५ वर्षीय मिङ्मा शेर्पा र ४५ वर्षीय साङ्गेल शेर्पा, काठमाडौं बौद्ध बस्ने ३५ वर्षीय नुर्बु शेर्पा, ४० वर्षीय ङ्वाङ सेर्तुङ शेर्पा, वाङ्दा शेर्पा, डोमा शेर्पा काठमाडौं बौद्धकै ५४ वर्षीय डुसांगे शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिप दुर्घटनामा गम्भिर घाईते भएका आठ वर्षीय बालक ओँकेला शेर्पा र गाडी चालक कृष्ण श्रेष्ठलाई थप उपचारका लागी काठमाडौस्थित ग्राण्डी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था समेत गम्भिर छ । 

जीप २ सय मिटर तल खसेको थियो । दुर्घटनामा एकजना बच्चासहित २ जना घाइते छन् । उनीहरुलाई काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *