नयाँ वर्ष अनि, च्यातिन लागेको पोस्टकार्ड

‘दाइ २० रुपेको पोष्टकाड दिनु न ?’‘दाइ छ ओटा फुलको फोटो भाको, १ उटा मुटु भाको अनि अरु ३ टा अलिक राम्रो जुन छ त्यही दिनु है’रामदाइले १० ओटा पोस्टकार्ड दिदै भन्थे ‘यो पाली १० जनालाइ पठाउने भैस उसो भए तैले, नयाँ वर्षको शुभकामना ?’

दाइ पठाउन त धेरै लाई मन छ । एक दिन हिडेर जाने बाटोको साथि रामलाई, अर्को गाउको इस्वरलाई, बिनमलाई, मामाघर भन्दा माथिको घरको दिपकलाई अरु पनि चिरपरिचित धेरै छन । के गर्नु जाने मान्छे कोहि छैन । फेरि यो हावा हुरि र बर्षातले कोहि मान्छे जान पनि मान्दैन तलको खोला उर्लेर आको छ रे ।

पसले दाइ–‘हेर्न केटा मैले पनि मेरा साथीहरु लाई पठाउन भनेर राखेको छु । को कता छन कता, त्यही पनि नाम सम्झना भए सम्म सबै साथीलाई पठाउन पोस्ट्कार्ड कोरेको छु ।’ यसो भन्दै पोस्टकार्डको बिटो निकाल्दै देखाउँछन ।

null

‘यो हरिलाई हो, पैला हामीसँगै स्कुलबाट भागेर जहिले ऐसेलु, चोथ्रो खाना जान्थिम’‘यो गोपीलाई मलाई जहिले एक मुठो घाँस काट्न सघाउ थियो उस्को भारी पुराएर ।’ ‘अनी यो बिशाललाई हामीले गाउँको बिहे, बर्तबन्ध, साङे कहिले टुटाएनौं’

‘यो रोशनलाई मलाई अंग्रेजी सिकाउने मेरै साथी गुरु थियो । तर, मैले कहिल्लै सिकिन । अरु थुप्रै छन हेर्न’ भनेर नाम पढन थाल्थे । यो रोहन, बिरबहादुर, रोमन, मन्दिरा, प्रतिमा, प्रकृति, अप्सरा, ममता आदि आदि । सबैमा एउटै कुरा साझा थियो शुभकामना लेखाई र त्यहा भित्रको भाव । उनीहरु बिनाको पलको भाव । सबै पोस्टकार्डको पछाडी पट्टि निलो कलमले लेखिएको थियो ।

आकाश भन्दा फराकिलो सम्झनासागर भन्दा गहिरो मायाहिमाल भन्दा पनि उच्च भावना लिएर आउ तिमीयहि छ मेरो नया बर्षको शुभकामना

त्यहाँबाट घरमा गएर आठ ओटामा त्यही दाइले लेखेको लेखे ‘असिम सम्झनामा सौगात अनि माया’ भन्दै । मुटु भएको पोस्टकार्ड थियो एउटा । त्यो सिर्फ उनलाइ हुनथियो बर्सेनी, किनकी मेरो लागि उ अरु भन्दा बेग्लै थि त्यो बेला ।

उस्को कार्डको पछाडी लेखेःबाग्मती खोला उर्लेर आयोभत्कायो थापाथली पुलअरुले तिमीलाई जस्तो सुकै देखुनमै देख्छु ब्यूटिफुलअमर मायानया बर्षको शुभकामना

सालहरु फेरिए, मान्छे धेरै आए गए जिन्दगीमा । धेरै लाई शुभकामना दिदै छु फेसबुकमा, इन्स्टामा, टुइटरमा तर, सबै खल्लो लाग्छ । सायद बिगतलाई सर्लक्क सापटी लिन मिल्ने भए कति खुसी थिए ती दिन हरु जहाँ एउटा पोस्टकार्डबाट धेरै खुसी बटुलिइन्थ्यो ।

सम्पुर्णलाई पोस्टकार्ड दिन नपाए पनि यो बर्ष केहि लाई दिए, अनि केहिले मलाइ पनि दिए आज । बच्पनको याद सर्लक्क आयो । यादहरु ताजा बनाइदियो ।सम्पुर्णमा नयाँ बर्षको शुभकामना अस्थाउन लागेको पोस्टकार्डबाट भएपनी । “हेमन्त पाण्डे”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *