कामना सेवा विकास बैंकको ८१ औं शाखा मोरङको विराटचोकमा

 

चैत्र २१ काठमाडाैँ ।  कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा मोरङ जिल्लाको सुन्दर-हरैचा नगरपालिकाको वडा नं १२, विराटचोकमा आजबाट आफ्नो ८१ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।  

बैंकका संचालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा उक्त शाखाको कारोबार शुभारम्भ गरेका थिए ।  प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखाको समुदघाटन कार्यक्रममा बैंकको कम शाखा सञ्जाल भएको पूर्वी नेपालमा व्यापार प्रवर्धनलाई अझ तीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको तथा बैंकको भावी रणनीतिर कार्यक्रमकाेबारेमा संक्षिप्त जानकारी दिए | 

null

काठमाण्डौ – ३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८० वटा शाखा तथा ३५ वटा ATM मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।  साथै, बैंकले ABBS , Internet Banking , Mobile Banking , C – ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिंग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्नो सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *