सुनसरीको भोक्राहामा प्रहरी र स्थानीयकाे झडपमा दुईजना घाइते

चैत्र २२, सुनसरी । सुनसरीको भोक्राहा नसिंहगाउँपालिका–८ मा शुक्रबार प्रहरी र स्थानीय विचको झडपमा गोली चलेको छ । घटनामा प्रहरी चौकीका सईसहित दुईजना घाईते भएका छन् । प्रहरीको गोली लागि स्थानीय जियाउल मिया घाइते भएका छन् । शुक्रबार अपरान्ह ४ बजे स्थानीय र प्रहरीबिच विवाद उत्पन्न भएपछि गोली चलेको स्थानीयहरुले बताएका छन् । 

भोक्राहा नरसिंह गाउँपालीका ८ स्थित सीमा क्षेत्रमा नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक चन्द्रकुमार शाक्य र केहि युवाहरुबीच विवाद हुँदा मियासँगै शाक्य समेत घाइते भएका हुन । स्थानीय र प्रहरीविचको विवादमा ठेलाठेल हुदा प्रहरी चौकी प्रमुख सई चन्द्रकुमार शाक्यको साथमा रहेको पेस्तोल भुईमा झरेको थियो । 

सोही क्रममा मोटरसाईकलमा आएको एक युवाले पेस्तोल टिपेर प्रहार गर्दा सई शाक्य र स्थानीय जियाबुल मन्सरीको हातमा लागेको थियो । मोटरसाईकलमा आएका ती युवा मोटरसाइकल छाडेर भागेको बताइएको छ । 

null

 

घटना पश्चात् उक्त स्थानमा स्थानीयले प्रहरीले निर्दोष माथि गोली चलाएको भन्दै प्रहरी प्रशासन विरुद्ध नाराबाजी गरेका छन् । ति क्षेत्रका स्थानीयबासीहरुले प्रहरीले निर्दोष माथि गोलि चलाएर ज्यादती गरेको आरोप लगाएका छन् । 

सादा पोशाकमा रहेका प्रहरीले ती व्यापारीहरुलाई सोधखोज गरे पछि स्थानीयले प्रतिकार गरेका थिए । प्रहरी हौं भनेर सई शाक्यले पेस्तोल देखाउँदा पनि उनीहरु आक्रमणमा उत्रिएको बताइएको छ । 

घटनापछि हरिनगर र भोक्राहा नरसिंह गाउँपालीकाका जनप्रतिनिधिसँगको छलफल निष्कर्षमा पुग्न नसकेपछि अहिले जिल्ला प्रहरी कार्यालय सुनसरीमा छलफल भैरहेको छ । सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले घटना दु:खद भएको भन्दै दुवै पक्ष लाई राखेर वास्तविक कुरा बुझ्ने प्रयास जारी रहेको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *