कांग्रेस नेताको नाम उल्लेख भएको भन्दै गाउँपालिकाको एम्वुलेन्स थन्कियो

डोटी, ७ वैशाख । डोटीको जोरायल गाउँपालिकामा ४ महिना अगाडी हस्तान्तरण गरिएको एम्वुलेन्स अहिले सम्म पनि थन्काईएको छ । एम्वुलेन्समा नेपाली कांग्रेसका नेताको नाम उल्लेख गरिएको भन्दै गाउँपालिकाले ४ महिना सम्म एम्वुलेन्स सुचारु गर्न नमानेको हो । एम्वुलेन्समा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य आनन्द विष्टको पहलमा आमा फाउण्डेसनबाट सहयोग जुटाएर खरिद गरेको कुरा उल्लेख गरिएको छ । नेपाली कांग्रेसका नेता विष्टको नाम उल्लेख गरिएको भन्दै गाउँपालिकाले ४ महिना देखि नै प्राथमिक स्वास्थ्य केन्द्र जोरायलमा एम्वुलेन्स थन्काएको हो । जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गाप्रशाद ओझाले नेपाली कांग्रेसका नेता विष्टले विना कारण नाम उल्लेख गरेकोले एम्वुलेन्स चलाउन नदिएको बताए । उनले गाउँपालिकाकै पहलमा आमा फाउण्डेसनले एम्वुलेन्स खरिद गरे पनि कांग्रेस नेताको नाम उल्लेख गरिएकाले नलचाउन निर्देशन दिएको बताए । उनले अगामी आर्थिक वर्षमा गाउँपालिकाबाट बजेट विनियोजन गर्दै नयाँ एम्वुलेन्स खरिद गर्ने दावी गरे । ओझा नेकपा एमालेबाट अध्यक्षमा विजयी भएका हुन् ।जोरायल गाउँपालिकामा पौषमा आयोजना गरिएको एम्वुलेन्स हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ओझा उपस्थित नभएपछि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत समिर भण्डारी मार्फत प्राथमिक स्वास्थ्य केन्द्र चनकट्टे लाई एम्बुलेन्स हस्तान्तरण गरिएको थियो । अहिले गाउँपालिकामा एउटा पनि एम्वुलेन्स छैन् । नेता विष्टले आफ्नो पहलमा एम्वुलेन्स ल्याईएको भन्दै पौषको दोश्रो साता बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए । बडिकेदार गाउँपालिकामा भने एम्वुलेन्स सेवा सुरु भईसकेको छ । अमेरिका नेपाल सम्पर्क समितिका सभापति समेत रहेका विष्ट जोरायल गाउँपालिका ५ गड्सेराका स्थानीय हुन् । नेता विष्टले गाउँपालिकालाई विभिन्न दाताहरु तथा अमेरीकामा रहेको आमा फाउण्डेसनबाट सहयोग जुटाएर प्रति एम्वुलेन्स ११ लाख पर्ने दुई वटा एम्वुलेन्स खरिद गरेको बताउँदै आएका छन् । जसमा नेपाल सरकारले कर मनाही गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =