उपत्यकामा ट्रिपरको आतंक: एकको मृत्यु दुई जना घाइते
२०७५ चैत २२ गते

काठमाडौँ, २२ चैत्र । काठमाडौँ उपत्यकामा ट्रिपर आतंक अझै रोकिएको छैन । बिहीबार राति भक्तपुरको जडिबुटीमा ट्रिपरको ठक्करबाट सिन्धुलीका बालकृष्ण कार्कीको मृत्यु भएको छ ।
राति २ बजेतिर जडिबुटिको पेट्रोल पम्प अगाडि बा ४९ प ७४४५ नम्बरको स्कुटरलाई ट्रिपरले ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटरमा सवार अन्य दुईजना घाइते भएका छन् ।
null
घाइते भएका सर्लाहीका जुनबहादुर आचार्य र रौतहटका भरत कार्कीको उपचार भइरहेको र ठक्कर दिने ट्रिपरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
२०७५ चैत २२ गते
प्रतिक्रिया
सम्बन्धित








