बम विस्फोटमा परी मृत्यु हुनेको संख्या ३१० पुग्यो, आज सामूहिक अन्त्येष्टि गरिँदै

 

बैशाख १०, श्रीलंका । श्रीलंकामा आइतबार चर्च र होटलहरुमा भएको आठ बम धमाकामा मृत्यु हुनेको संख्या बढेर ३१० पुगेको छ । मृतकमध्ये ३८ जना विदेशी नागरिक हुन् । आधिकारीक स्रोतका अनुसार यसमा १० जना भारतीय पनि छन् । 

मंगलबार मृतकको सामूहिक अन्त्येष्टिको पहिलो चरण सुरु  गरिएकाे छ । पुरै देशमा तीन मिनेटको मौन धारण राखिएको छ भने अप्रिय घटना रोक्नका लागि इमरजेन्सी पनि लगाइएको छ । 

null

प्राप्त जानकारी अनुसार यो बम विस्फाेट कुनै अन्तर्राष्ट्रिय नेटवर्कको मद्दतबाट गराइएको हो । सरकारले स्थानीय जेहादी गुट (नेश्नल तौहीद जमात) माथि आशंका गरेको छ, यद्यपी अहिलेसम्म कसैले पनि यस घटनाको जिम्मेवारी लिएका छैनन् । 

 

घटनामा अहिलेसम्म ३८ जना हिरासतमा पुगिसकेका छन् । तीमध्ये २६ जनालाई सीआईडी र ९ जनालाई पुलिसले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका मध्ये ९ जनालाई मात्रै अदालतमा पेश गरिएको छ । ती ९ जनै एउटै फ्याक्ट्रीमा काम गर्छन् । अन्यकाे भने परिचय खुलाइएकाे छैन ।  

 

यता हमलाको पहिले नै चेतावनी मिलिसक्दा पनि सरकारले केही नगरेको भन्दै श्रीलंकामा हंगामा मच्चिरहँदा प्रधानमन्त्री रनिल विक्रमासिंघेले भने प्रहरी अधिकारीहरुमाथि अनुसन्धान गर्नुपर्ने अभिव्यक्ति दिएका छन् । यसबाट राजनीतिक विवाद थप बढेको छ । 

 

राष्ट्रपति सिरीसेनाका सल्लाहकार शिराल लकथिलाकाले बीबीसलाई भनेका छन्, ‘सरकारको गल्ती भएको छ या छैन, यसको अनुसन्धान गरिन्छ ।’ 

श्रीलंकामा आक्रमणलगत्तै आइतबार कर्फ्यू लगाइएको थियो भने सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाइएकाे थियाे ।  

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =