अस्थायी शिक्षकलाई धरपकड गर्दै प्रहरी

 

बैशाख १३, काठमाडौं । अस्थायी र करार शिक्षक केन्द्रिय संघर्ष समितिले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ । 

गत साल शिक्षकसेवा आयोगले लिएको अस्थायी शिक्षकको नतिजामा असफल भएका शिक्षकको रोजगारी नखोस्न माग गर्दै आज अस्थायी शिक्षकहरुले काठमाडौंको भद्रकालीदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । 

null

आफूहरू असफल भएको नभई राज्यले धाँधलीपूर्ण रूपमा परीक्षामा असफल गराएको उनीहरुको आरोप छ । 

सरकारले एकपटक परीक्षाको मौका दिएर असफल भएका अस्थायी शिक्षकलाई अनिवार्य अवकाश दिनेगरी शिक्षा ऐन संशोधन गरेको थियो । कुल १३ हजार शिक्षक परीक्षामा अनुत्तिर्ण भएपछि उनीहरूले आफूहरुलाई रोजगारीबाट हटाउन नपाइने र पटक–पटक आन्तरिक परीक्षा गरेर स्थायी गर्नुपर्ने सर्त राख्दै प्रदर्शन गरेका हुन् । 

भद्रकालीदेखि बानेश्वरसम्म थाल जुलुस निकाल्ने घोषणा गरेका अस्थायी शिक्षकहरूको थाल खोसेर प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसपछि नारा जुलुस गर्दै नयाँ वानेश्वरसम्म आएका शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =