कतार उडे सभामुख महरा

 

चैत २२, काठमाडौं । सभामुख कृष्णबहादुर महरा शुक्रबार कतार प्रस्थान गरको छन् । 

कतारको दोहामा चैत २३ देखि २७ गतेसम्म हुने अन्तर संसदीय युनियन (आइपियु) को १४० औं महासभामा भाग लिनका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख महरा त्यसतर्फ प्रस्थान गरेका हुन् । 

null

सो महासभामा सभामुख महराले ‘शान्ति, सुरक्षा र कानूनी शासनको शिक्षा अभिवृद्धि गर्न संसद् उपयुक्त मञ्च’ शीर्षक अन्तर्गतको छलफलमा नेपालको धारणा प्रस्तुत गर्ने सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ । 

महासभाका क्रममा हुने महिला सांसदको बैठकमा नेपालको तर्फबाट पुष्पा भुसाल र युवा संसद् सदस्यको बैठकमा शान्ता चौधरीले सहभागिता जनाउने छन् । 

प्रतिनिधिमण्डलमा सांसद भुसाल, चौधरी, हरिचरण सिवाकोटी, विमलप्रसाद श्रीवास्ताव, लक्ष्मणलाल कर्ण, संसद् सचिवालयका महासचिव मनोहर भट्टराई र प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलगायत सहभागी छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 3 =