हुरीप्रभावित १ हजार ४० घर प्रदेश सरकारले ४ महिनाभित्र बनाइदिने

 

चैत २०, जनकपुर । बारा–पर्सामा हावाहुरीबाट भत्किएका १ हजार ४० घर प्रदेश सरकारले बनाइदिने भएको छ । 

बुधबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले हावाहुरीले क्षति पुर्याएको १ हजार ४० घर सरकारले बनाइदिने जानकारी गराएका हुन् । उनले चार महिनाभित्रै सबै घर बनाइसक्ने दाबी गरे । 

null

यस्तै उनले बारामा २७ र पर्सामा एक जना गरी २८ जनाको मृत्यु भएको पनि जानकारी दिए । उनका अनुसार घटनामा करिब १ हजार भन्दा बढी घाइते भएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *