श्रीलंकामा ६ बालबालिकासहित १५ जनाको मृत्यु
२०७६ वैशाख १४ गते

बैशाख १४, श्रीलंका । केही दिन अघिमात्रै श्रृङ्खलाबद्ध विस्फोटको शिकार बनेको श्रीलंकामा सुरक्षाकर्मी र बिद्रोहीबीच झडप हुँदा १५ जनाको मृत्यु भएको छ ।
गत आइतबार विलासी होटल र चर्चलाई निशाना बनाइ आइतबार कोलम्बो, नेगोम्बो र बट्टिकलोआमा गरिएको हमलामा २५० बढीको ज्यान गएपछि त्यहाँको प्रहरीले सुरक्षा बढाउने क्रममा बिद्रोहीविरुद्ध हमला गरेको हो ।
null
सोही क्रममा शुक्रबार राति देशभर बिद्रोहीविरुद्ध चलाएको कारवाही अभियानमा देशको पूर्वी क्षेत्रमा प्रहरी र सशस्त्र बिद्रोहीबीच झडप हुँदा ६ बालबालिकासहित १५ जनाको मृत्यु भएको हो ।
यसअघि श्रृङ्खलाबद्ध रुपमा गरिएको बम बिस्फोटको जिम्मा आतंकवादी संगठन इस्लामिक इस्टेट (आइएस) ले लिएसँगै घटनामा संलग्न ८ लडाकु सार्वजनिक गरिएको थियो ।
२०७६ वैशाख १४ गते
प्रतिक्रिया
सम्बन्धित








