साउदी अरबमा एकै दिनमा ३७ लाई मृत्युदण्ड दिइयो

 

                                                                      सांकेतिक तस्बिर 

बैशाख १२, साउदी । साउदी अरबमा एकै दिनमा ३७ जनालाई मृत्युदण्ड दिइएको छ भने एक जनालाई मृत्युदण्ड पश्चात् सुलीमा चढाइएको छ । अधिराज्यको गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार सुरक्षा व्यवस्था भड्काउने काम गरेको आरोपमा ३७ जनालाई मृत्युदण्ड दिइएको हो । 

null

राज्यको कानुन अनुसार अत्यन्त जघन्य अपराध गरेको आरोपमा ३७ मध्ये एक जनालाई भने मृत्युदण्डपछि सुलीमा चढाइएको हो । मत्युदण्डको सजाय पाएका अधिकांश साउदी अरबका हुन् । मृत्यु दण्ड दिइएका मध्ये ११ जनालाई इरानको जासुसी गरेको आरोप छ । 

वर्तमान युवराज मोहमद बीन सलमानले आलोचकहरुविरुद्ध तीव्र धरपकड सुरु गर्ने क्रम जारी राखेसँगै कयौँ व्यक्ति धरपकडमा परेका छन् । 

मृत्युदण्ड दिने सवालमा साउदी अरब विश्वमै अग्रस्थानमा आउँछ । सन् २०१६ जनवरीमा उसले ४७ सम्मलाई मृत्युदण्ड दिएको इतिहास छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *