भेरी-बबईको विद्युत कर्णाली प्रदेशलाई दिनुपर्छ: पूर्व अर्थमन्त्री पाण्डे

बैशाख ११, सुर्खेत । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले विद्युत आयोजना पाउनुपर्ने कर्णालीको मागलाई सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् ।
सुर्खेतमा संघीय संसदको अर्थ समितिले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
null
छलफल कार्यक्रममा उनले भने, ‘राष्ट्रिय गौरबको भेरी बबई डाइभर्सन बहुउद्धेश्यीय आयोजना अन्तर्गत बन्ने ४८ मेगावाटको विद्युत आयोजना कर्णाली प्रदेशलाई हस्तान्तरण गर्नुपर्छ । यस विषयमा संघीय सरकारका ऊर्जामन्त्री र अर्थमन्त्रीसँग छलफल गर्छु ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ३ गते मंगलबार राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको निर्माण कार्यको मङ्गलबार ‘ब्रेक थ्रु’ गरेका थिए ।
टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिमा पहिलो पटक नेपालमा सो सुरुङ निर्माण भएको हो।
सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि (कोभेक) ले टिबिएममार्फत सुरुङ निर्माण गरेको हो। सम्झौतामा उल्लिखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माणको काम सम्पन्न भएको हो। सिँचाइ विभाग र कोभेकबीचको सम्झौतामा सुरुङ खन्ने अवधि २०७६ चैत १५ गतेसम्म थियो।








