झरेको, काटिएको कपालको मूल्य २ हजार, टप १० निर्यातकर्तामा भारत र पाकिस्तान

 

बैशाख ६, नयाँ दिल्ली । घरमा बिहान/बेलुका जसलाई हामी फोहोर सम्झेर फाल्ने गर्छौँ, वास्तवमा तीनको मूल्य हराजौं रुपैयाँ छ । 

पूरा दुनियाँमा यसको वार्षिक कारोबार अरबौं रुपैयाँको छ । वैदेशिक बजारमा भारत र पाकिस्तान यस मार्केका प्रमुख निर्यातकर्ता हुन् । दुवै देश यस कारोबार कब्जा गर्ने होडमा छन् । दुनियाँका कयौं विकसित देश यसका खरिददार हुन् । 

null

यहाँ हामी चर्चा गर्दैछौँ मानव कपालको । झट्ट सुन्दा होइन की जस्तो लाग्न सक्छ, तर मानव कपाल भारत–पाकिस्तानको अर्थ व्यवस्था मजबूत बनाउने हिस्सा बन्दै गइरहेको छ । 

सामान्यतया हाम्रो घरमा झरेको कपाल या सैलुनमा काटेको कपाल फोहोरमा फ्याँक्ने गरिन्छ । त्यही केही मानिसहरुका लागि करोडौंको कारोबार र कमाइको प्रमुख स्रोत बन्छ । 

 

पाकिस्तानी संसदको तल्लो सदनमा पहिलो पटक मानव कपालको निर्यातको व्यावसायिक मूल्यको बारेमा रिपोर्ट पेश गरिएको छ । पाकिस्तानका वाणिज्य मन्त्रालयको तर्फबाट पेश गरिएको उक्त रिपोर्टमा भनिएको छ, ‘पाँच वर्षमा उनीहरुले मानव कपालको निर्यातबबाट १.६ मिलियन यूएस डलरको व्यापार गरेको छ । 

पाकिस्तानबाट मानव कपाल खरिद गर्ने देशमा प्रमुख रुपमा चीन, अमेरिका, र यूनाइटेड अरब (यूएई) समेत दुनियाँका कयौं देशहरु सामेल छन् । 

यूएस र जापान, पाकिस्तानबाट प्रिमियम गुणस्तरको कपालको सबभन्दा धेरै खरिददार हो । यो देश ती कपालको प्रयोग आफ्नो मनोरञ्जन उद्योगका लागि गर्दछ । त्यस्तै चीनमा कस्मेटिक उद्योग बढाउनुका साथै मानव कपालको माग पनि तीव्र रुपमा बढिरहेको छ । 

२०१७ सालमा दुनियाँ भरमा मानव कपालको निर्यातको कुल कारोबार करिब ५८०० करोड रुपैयाँ रहेको थियो । 

 

ती कपालको माग कोलकता र चेन्नईमा निकै छ । त्यहाँ यी कपालका ट्रीटमेन्ट गरेर चीन पठाउने गरिन्छ । व्यापारिका अनुसार भारतमा ती झरेको कपालको कारोबार करिब तीन हजार करोड रुपैयाँको भइसकेको छ, जबकी मध्ये प्रदेशमा करिब १०० करोड रुपैयाँको कपाल हरेक साल बिक्री हुने गर्छ । 

कपालको कारोबारमा सैलुन, विशेषगरी महिला पार्लरको प्रमुख भूमिका छ । एनसीआरका कयौं महिला पार्लर पनि यहाँ काट्ने कपालको ५००–१००० रुपैयाँ किलो सम्म बेच्ने गर्छन् । 

कोलकतामा एक किलो कपालको मूल्य ८०० देखि १००० रुपैयाँ सम्म छ । होली भन्दा पहिले कपालको मूल्य २००० रुपैयाँ प्रतिकिलो सम्म पुग्ने गर्छ, किनकी होलीमा रंगीन विगको माग बढ्ने गर्छ । 

भारतमा सैलूनमा काटिएको कपालका साथसाथै काइँयोमा झुण्डिएको कपालको बिक्री मूल्य पनि बढेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =