मतदानकै क्रममा भारतमा एकजनाको मृत्यु, भाजपा प्रवक्तामाथि जुत्ता प्रहार

 

बैशाख ५, नयाँ दिल्ली । भारतमा लोकसभाका लागि आज भएको दोस्रो चरणको निर्वाचनमा मतदान गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । 

इरोड जिल्लाको मुरुगेसनमा रहेको मतदान केन्द्रमा ६३ वर्षीय वृद्धाको मृत्यु भएको हो । मतदान गर्ने क्रममा उनी बेहाेस भएकी थिइन् । उपचारका लागि अस्पताल लैजादै गर्दा उनकाे मृत्यु भएकाे हाे । 

null

 

                                                              मृतक वृद्धा 

आज भएको मतदान देशका १२ राज्य, १ केन्द्र शासित प्रदेश समेत जम्मा ९६ सिटका लागि हो । 

यो चरणमा आसाम, विहार, छत्तीसगढ, जम्मु—काश्मिर, कर्नाटक, महाराष्ट्र, मणिपुर, उडिसा, पण्डुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालमा मतदान भइरहेको छ । 

यस्तै चुनावी शिलशिलमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का प्रवक्ता जीवीएल नरसिम्हा रावमाथि जुत्ता प्रहार गरिएको छ । 

 

                                     भाजपा प्रवक्ता राव भाजपाको मुख्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रावमाथि जुत्ता प्रहार गरिएको हो । जुत्ता प्रहार हुँदा पनि उनले पत्रकार सम्मेलनमा आफ्नो कुरा शालिन ढंगबाट राखेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

प्रवक्ता रावमाथि जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 9 =