जनप्रतिनिधीहरुको पारिश्रमिक विद्यार्थीको पढाईमा खर्चने

 

बैशाख ४ गते चितवन । खैरहनी नगरपालिका वडा नम्वर ७ का जनप्रतिनिधीहरुले विद्यार्थीको पठन पाठनका लागि एक महिनाको पारिश्रमिक सहयोग गर्ने घोषणा गरेका छन् । 

वडा समितिको वैठकनै वसेर आफुहरुले पाउने एक महिनाको पारिश्रमिक वडा भित्रका दुई विद्यालयका विद्यार्थीलाई दिने निर्णय गरिएको खैरहनी ७ का वडाध्यक्ष मनेजर महतोले जानकारी दिए । 

null

सो वडामा राष्ट्रिय आधारभूत विद्यालय मझुई र राष्ट्रिय आधारभूत विद्यालय सुल्तना छन् । नेपाली माध्यमबाट पढाई हुने विद्यालयलाई सरकारले निशुल्क पुस्तक वितरण गर्ने भएपनि अग्रेजी माध्यमबाट पठनपाठन हुने विद्यालयमा सोही अनुसारको पुस्तक आवश्यक पर्ने भएकाले विषेशगरी पुस्तक खरिदका लागि आफुहरुको पारिश्रमिक दिने निर्णय भएको वडाध्यक्ष महतोले बताए । खैरहनी ७ ले अहिले विद्यार्थी भर्ना अभियान संचालन गरिरहेको छ । अभियानका क्रममा राष्ट्रिय आधारभूत विद्यालय सुल्तनालाई विद्यार्थी ओसारपोसारका लागि स्थानीय शिव प्रसाद उप्रेतीले ६ महिनाका लागि सवारी साधनको खर्च व्यहोर्ने वचन दिएको वडाध्यक्ष महतोले जानकारी दिए । 

खैरहनी नगरपालिका स्थानीय शिक्षा अधिकारी महेन्द्र पौडेलले खैरहनी नगरपालिका २ स्थित राष्ट्रिय आधारभूत विद्यालय पटिहानीले कोष स्थापना गरेर दिवा खाजाको व्यवस्था गर्ने र खैरहनी ४ स्थित राष्ट्रिय आधारभूत विद्यालय कुनाघारीले सहयोग जुटाएर विद्यार्थीको सहजताका लागि गाडी खरिद गर्ने र पोशाक उपलव्ध गराउने निर्णय गरेको बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *