भगवती चौधरीद्वारा हावाहुरी पीडितलाई सहयोगको आह्वान

 

चैत १९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की केन्द्रिय सदस्य भगवती चौधरीले हावाहुरी पीडित परिवालाई सहयोग गर्न आह्वान गरेकी छिन् । 

आइतबार साँझ असीना पानीसहित आएको भीषण हावाहुरीका कारण विस्थापित भएका पीडित परिवारलाई सहयोग तथा राहत उपलब्ध गराउन उनले आह्वान गरेकी हुन् । 

null

०७२ साल बैशाखको महाभूकम्प र गत वर्ष तराईमा आएको बाढिपहिरो प्रभावितलाई गरेको सहयोगको स्मरण गराउँदै चौधरीले भनिन्, ‘महाभूकम्पका समयमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरु सहयोगमा जुट्नुभएको थियो । त्यसरी नै हावाहुरीबाट प्रभावित परिवारलाई राहत, उद्धार र पुर्नस्थापना गर्न सबैले हातेमालो गर्न जरुरी छ ।’ 

हावाहुरीमा परी बारा र पर्साका गरी २८ जनाको मृत्यु भएको थियो भने ६ सय बढी घाइते भएका थिए । ४ सय जना घाइतेहरुको उद्धार गरिएको छ भने २८१ जना विभिन्न अस्पतालमा उपचाररत छन् । 

उनले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारमा धैर्यधारण गर्न सक्ने शक्ति मिलोस् भन्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छिन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *