राष्ट्रपति र प्रधानमन्त्रीको तस्विर दुरुपयोग गरी फेसबुकमा पोष्ट गर्ने २ जना पक्राउ

 

चैत १९, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विर जोडेर सामाजिक सञ्जालमा पोष्ट गर्ने दुई जना पक्राउ परेका छन् । 

राष्ट्रपति र प्रधानमन्त्रीको मानमर्दन हुने गरी अमर्यादित, अशोभनीय खालका तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । 

null

पक्राउ पर्नेहरुमा पाल्पा परान्दी गाउँपालिका–७ का २२ वर्षीय निर्मल गैरे र रुपन्देही साविक शंकरनगर गाविस–९ का २३ वर्षीय यमप्रसाद पन्थी रहेका छन् । 

चैत १२ गते भक्तपुर नयाँठिमीबाट गैरेलाई र चैत १३ गते चितवनबाट पन्थीलाई सो ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

दुवै जनालाई विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको मुद्दामा आवश्यक अनुसन्धान कार्य भइरहेको सो ब्यूरोले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *