नवलपरासीमा सवारी दुर्घटना: १ जनाको मृत्यु, १ जना गम्भीर घाइते
२०७५ चैत २२ गते

नवलपरासी, २२ चैत्र । पूर्वी नवलपरासीमा गएराति सवारी दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने अर्का १ जना गम्भीर घाइते भएका छन् । मध्यविन्दु नगरपालिका–१० अरुणखोला र दुम्किबासबीचको जंगलमा ना ८ ख १८४५ नम्बरको ट्रकले लु ४१ प १७२७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालकको निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार, ठक्करबाट देवचुली नगरपालिका सिर्जना चोक बस्ने २२ वर्षीय टिकाराम महतो घाइते भएका थिए । घाइते महतोको जिल्ला अस्पताल भरतपुरमा उपचारका लागि लगिएकोमा राति नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले पुष्टि गरे ।
null
सोही दुर्घटनामा स्कुटीको पछाडि सवार भरत गरै घाइते भएका छन् । प्रहरीका अनुसार, उनको अवस्था चिन्ताजनक छ ।
२०७५ चैत २२ गते
प्रतिक्रिया
सम्बन्धित








