नेपाल बङ्गलादेश बैंकको ८६ औं शाखा दमकमा

चैत्र १७, काठमाडौँ । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ८६औं शाखा संचालनमा ल्याएको छ । यस बैंकले आजबाट झापा जिल्लाको दमकमा उद्घाटन गरी औपचारिक कारोबार शुभारम्भ भएको छ । 

उक्त शाखाको औपचारिक समुद्घाटन दमक नगरपालिकाका उप मेयर गिता अधिकारी तथा बैंकका संचालक मुकुन्दनाथ ढुङ्गेल द्धारा गरिएको थियो । त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य गरेका थिए । बैंकले यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हाे । साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ । 

  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *