अपडेटः कोलम्बो आक्रमणमा परी ज्यान गुमाउनेको संख्या १५६

बैशाख ८, एजेन्सी । इष्टर पर्वको दिन श्रीलंकाको राजधानी कोलम्बोमा भएका विभिन्न बिस्फोटमा परी ज्यान गुमाउनेको संख्या १ सय ५६ पुगेको छ । आज विहानै त्यहाँको ३ गिरिजाघर र ३ वटै पाँचतारे होटलमा भएको आक्रमणमा परेर ४ सय बढी घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ । 

सोयटर्सका अनुसार आइतवार बिहानै भएको आक्रमणमा हालसम्म १ सय ५६ को मृत्यु भइसकेको छ । घाइतेहरुलाई स्थानीय अस्पताल पुर्याइएको छ । 

 

null

इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा यी विस्फोटनहरू भएका हुन् । प्रत्येक वर्ष अप्रिल महिनामा पूर्णिमापछि पहिलो आइतवारको दिन इस्टर पर्वमा मनाइन्छ । 

विस्फोटनपछि राजधानीका संवेदनशील स्थानहरूमा सुरक्षा व्यवस्था बढाइएको छ । चर्च, पाँच तारे होटलहरुमा पुनः आक्रमण हुन सक्ने भन्दै सुरक्षा सतर्कता बढाइएको श्रीलंकन सरकारले जनाएको छ । 

कोलम्बोका चार वटा चर्च आक्रमणकारीको निशानामा राखिएको थियो । कोचिकाडा चर्च, कटुवापितिया चर्च, किङ्सबेरी चर्च, बेतिकोला चर्चलाई निशानामा राखिएको थियो । 

श्रीलङ्काको अन्य बिभिन्न क्षेत्रमा पनि आक्रमण भएको प्रहरी प्रवक्ता रुवान गुनसेकेराले बताएका छन् । आक्रमण कसले र किन गराएको भन्ने अहिलेसम्म पुष्टि भएको छैन । 

श्रीलंकन सुरक्षाअधिकारीले धार्मिक सांप्रदायिकता भड्काउने उद्देश्यले आक्रमण गरिएको हुन सक्ने विष्लेशण गरेका स्थानीय समाचार संस्थाहरुले जिकिर गरेका छन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 18 =