हुरी प्रभावितलाई प्रदेश ५ सरकारले पनि १ करोड दिने

 

चैत २२, बुटवल । प्रदेश ५ सरकारले हावाहुरी प्रभावित परिवारलाई १ करोड राहत उपलब्ध गराउने घोषणा गरेको छ । 

प्रदेश ५ को शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले हुरीप्रभावितलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । 

null

चैत १७ गते बारा–पर्सामा असीनापानीसहित आएको हावाहुरीमा परी सयौँ परिवार विस्थापित भएका थिए भने २८ जनाको मृत्यु भएको थियो । आँधीबेहरीमा परी ६ सय बढी घाइते भएका थिए भने १ हजार ४० घर क्षतिग्रस्त भएको थियो । 

हावाहुरी प्रभावितलाई प्रदेश ३ र सूदूरपश्चिम सरकारले पनि १–१ करोड राहत उपलब्ध गराउने घोषणा गरेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *